पोखरा,
यही साउन ११ गते पोखरा आएका हायू परिवार सोमबार सिन्धुली फर्किएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन ८ गतेदेखि बेपत्ता भएको हायू परिवार पोखरामा भेटिएको थियो । आज गोलन्जोर गाउँपालिका–६ वडाध्यक्ष रविन श्रेष्ठको साथमा उनीहरू गाउँ फर्किएका हुन् ।
हायु परिवारलाई पोखराका मेयर धनराज आचार्य र पोखरा महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दुर्गा सुवेदीले बिदाइ गरे ।उनीहरूलाई गगनगौंडाबाट गाडी चढाएर पठाइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
परिवारले लिएको ऋण तिर्नका लागि पनि वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू गाउँ फर्कन तयार भएका हुन् ।