
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दशैंमा टीभीएसको ‘गोल्डेन की’ अफर, पोखरामा एक्सचेञ्ज क्याम्प पनि सुरु
- नवौँ विश्वकर्मा भलिबल कप २०८३ को भव्य उद्घाटन
- उद्योगी व्यवसायीका समस्या समाधान गर्न परिणाममुखी सहकार्य आवश्यक : सौगात थापा
- असोज २ देखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को अग्रिम टिकट बुकिङ खुल्यो
- ‘झिंगे दाउ २’को भव्य प्रिमियर: उत्कृष्ट प्रतिक्रिया र प्रदर्शनअघि नै जापान राइट्स बिक्री
- पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने, उपसमिति गठन
- असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी-भुम्दीवासी एकजुट
- सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि सरस्वती गुरुङसम्म
- न्यु मोडेलमा विज्ञान उत्सव: २ सयभन्दा बढी नवप्रवर्तनले खिचे अभिभावक र विज्ञको ध्यान
- २८औँ पोखरा सडक महोत्सव तथा विश्व पर्यटन दिवस मिनि सडक महोत्सवका लागि संयोजक चयन
यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर….
काठमाडौँ,
माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो ।
चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ ।

महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए । “फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो”, उनले भने । नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन् ।
महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए । कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर ल्याइएको हो ।