काठमाडौं :
यो वर्ष नेपाली फिल्महरुले एकपछि अर्को कमाईमा छलाङ मार्न सफल भएका छन्। गत बैशाख १४ गते प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले १० करोड भन्दा बढि कमाई गरेको थियो। त्यसपछि नेपाली फिल्महरु एकपछि अर्को हिट भए। यता उपसना सिंह ठकुरी र धिरज मगर अभिनित फिल्म ‘खुस्मा’ले पनि राम्रै नाफा निर्माताको हातमा बुझायो।
भदौमा केहि खडेरी जस्तो परेको फिल्म बजार अचानक दसैंको माहोल नजिकिदै गर्दा हलमा दर्शकको चाप पनि बढ्यो। असोज महिनाबाट नेपाली फिल्म क्षेत्रको मुहार फेरिएको हो भन्दा पर्दैन। वर्षमा ५ वटा फिल्मले लगानी उठाउदै आएकोमा यपस पटक भने थुप्रै फिल्मले कमाई उठाएर निर्मातालाई बुझाएका छन्।
फिल्म ‘खुस्मा’पछि स्वस्तिमा खड्का अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’ हिट बन्यो। राम्रै कमाई भइरहेको थियो। दर्शकमाझ लोकप्रियता हासिल गरिरहेको यो फिल्मका निर्माताले हलमा शो नपाएको भन्दै हलबाट उतारे। निश्चल बस्नेत र निर्माण पक्षले हलले आफुहरुलाई शोमा पक्षपाती गरेको र कतै नदिएको भन्दै ओटीटी प्लेटफर्ममा राखे। यता पनि उनीहरुले राम्रै आम्दानी गरिरहेका छन्। सम्भवत ओटीटीमा राम्रै कमाई गर्ने पहिलो फिल्मका रुपमा लिइएको छ। यसको आधिकारिक भने हो होइन यकिन छैन।
दसैंको मौका छोपेर हलमा लागेको बिराज भट्टको निर्देशन तथा अभिनयमा बनेको फिल्म ‘१२ गाउँ’ सुपरहिट भयो। उनका छोरा समिरको डेब्यु फिल्मलाई दर्शकले रुचाए। उनको एक्सन हेर्नका लागि भए पनि नेपाली दर्शक हलमा ओइरिए। अहिले पनि केहि हलमा प्रदर्शन भइरहेको छ।
यता फिल्म निर्माणबाट अहिलेसम्म सुपरहिट फिल्म दिएका दीपकराज गिरीको टिमको फिल्म ‘छक्का पन्जा ५’ पनि ब्लकबस्टर भयो। दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्मले अघिल्ला सिरिजको तुलनामा राम्रो व्यापार गर्यो। नेपाली फिल्मको खडेरी पर्दा समेत दीपकदीपाको फिल्मले सुपरहिट फिल्म बनाउन सफल भयो। अहिले पार्ट ५ आउदा पनि उस्तै रफ्तारमा दौडिएको छ। बिराजको ‘१२ गाउँ’ र दीपाको ‘छक्का पञ्जा ५’ बक्स अफिसमा २० करोड माथिको व्यापार गरेका छन्। यो नेपाली फिल्म क्षेत्रको ठुलो उपलब्धी हो।
तिहारको मेसो पारेर प्रदर्शनमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले त ऐतिहासिक रेकर्ड नै बनाएको छ। तिहारको लक्ष्मी पूजाको दिनबाट प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा ५० करोड ग्रस कलेक्शन गर्ने दौडमा छ। नेपाल र विदेशबाट कलेक्सन हेर्ने हो भने करिव एक अर्बको व्यापार गर्ने पक्का छ। सहायक पात्रमा अभिनय गर्दै आएका बिजय बराललाई यहि फिल्मले हिट हिरोका रुपमा उभ्याउन सफल भएको छ। बिजय बराल,अञ्जना बराईली,मुकुन भुसाल,प्रकाश सपुत लगायतको अभिनय रहेको यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ।
नीता ढुङ्गाना र हरिहर अधिकारीले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’ कातिक ३० गतेबाट रिलिजमा आएको छ। यो फिल्मलाई दर्शकले पनि उतिकै मात्रामा माया गरिरहेका छन्। अभिनेत्री तथा निर्मात्री समेत रहेकी नीताले आफ्नो फिल्म ‘ह्रस्व दीर्घ’ले लगानी उठाएको दाबी गरिसकेकी छन्। केहि दिन अघि नै आफ्नो फिल्मको लगानी सुरक्षित रहेको जानकारी दिएकी थिइन्। जुन फिल्म अहिले पनि प्रदर्शनमा रहेको छ। त्यस कारण यो फिल्मले पनि कमाई गर्ने फिल्ममा गनिन पुगेको हो।
शंकर घिमिरेले निर्माता तथा निर्देशन गरेको फिल्म ‘तेलभिसा’हलमा प्रदर्शनरत छ। दर्शकले फिल्मलाई साथ दिइरहेका छन्। तेलभिसामा विदेश जाँदाको कठिनाईलाई फिल्मको कथावस्तु बनाइएको छ। समिक्षात्मक हिसावले राम्रो मानिएको यो फिल्म दोस्रो हप्तामा प्रवेश गर्ने तरखरमा छ। फिल्ममा नयाँ पुराना कलाकारहरुले अभिनय गरेका छन्। विपिन कार्की र वर्षा राउतको मुख्य भुमिका रहेको यो फिल्ममा पूजा चन्द,बुद्धि तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन्। नेपाली दर्शकका लागि यो अर्थात असोज महिना देखि यता नेपाली फिल्मप्रतिको मोह बढेको देखिन्छ।
यो फिल्मका अधिकांश दृश्यले दर्शकलाई हलमा रुवाएका छन्। ति भिडियो क्लिपहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। फिल्मले हलमा दर्शक तानेको देखेपछि फिल्मका निर्मातामा हाँसो र मुस्कानको वर्षा भएको छ। अरु समयमा निन्याउरो मुख लगाउने निर्माताहरु हमलमा दर्शकको चाप देखेपछि खुशी देखिएका छन्। फिल्म हेरेका दर्शक पनि आफ्नो पैसा खेर नगएकोमा गुनासो पोखेका छैनन्।