सुचना, समाचार र मनोरन्जन

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक, दर्शकमा उत्साह

काठमाडौं :

आगामी फागुन २३ गते रिलिज हुने नेपाली फिल्म ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ। शुक्रवार सार्वजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् ।

‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ – यो गीत रचनाले कलेज जीवनका उतारचढावलाई सङ्गीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ । यस गीतले दर्शकलाई आफ्नै कलेज जीवन सम्झन बाध्य बनाउँछ । गीतमा चार मुख्य अभिनेताहरू पारस बम ९कुलब्वाई०, रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् । प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।

‘होस्टेल ३’ शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । सशान कँडेलले निर्देशन गरको यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । फिल्ममा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

sfal

सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको यो फिल्मका निर्मातामा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । फिल्मका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।

यो चलचित्र फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

Leave A Reply

Your email address will not be published.