काठमाडौँ :
नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘शाम्बाला’ले ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ। फिल्मले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्त्वपूर्ण विधा हात पारेको हो।
निर्माण पक्षका अनुसार फिल्मले संस्कृति संरक्षणमा योगदानका आधारमा यो सम्मान दिइएको हो। मीनबहादुर भाम निर्देशित यस फिल्मले माथिल्लो डोल्पाको संस्कृति र जनजीवनमा आधारित कथामा बनेको फिल्म हो। यो फिल्मले नेपालबाट अस्करमा अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको छ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा,वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायत नयाँ पुराना कलाकारहरुले अभिनय गरेका छन्। नेपालमा फिल्मको चर्चा भएता पनि व्यवसायिक हिसावले कमजोर बनेको थियो। निर्माण टिमले यो फिल्मलाई कहिल्यै पनि युटबुमा नहाल्ने उद्घोष गरिसकेका छन्।
प्रदर्शनको सममया काठमाडौंको बिग मुभिजमा उपस्थित भएका निर्माण टिमले कुनै समय हलमा नै प्रदर्शन गर्ने तर युटुबमा नहाल्ने बताएका थिए। त्यस कारण यो फिल्म हेर्न छुटाउने दर्शकले हेर्नका लागि सहज वातावरण छैन।