Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा,यस्ता छन् विशेषता
- तीजको अवसरमा दीपा नारायणको एकल शो ‘तीजको रहर आयो बरी लै’
- २२ वर्षपछि तीजको गीत मार्फत गायनमा पुन: फर्किंइन गायिका संगीता भण्डारी
- ‘महाराजधिराज’का लागि पुष्पको ‘सिक्स प्याक’ अवतार, विराज भन्छन्– ‘अब १५ वर्ष पछि फर्किनु पर्दैन’
- काकुको ‘चिरञ्जीवी भवः’को छायांकन ५१ दिनमा सकियो,माघमा रिलिज घोषणा
- औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थाल्योः प्रधानमन्त्री शाह
- ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
- भान्छाको सकस, सुशासनको कसी र सरकारको परीक्षा
- साउन २३ गते शनिबारको राशिफल सुन्नुहोस
- Exploring the Main Gaming Sections at Roosterbet
बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौँ,
बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्नुभएको छ । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराउनुभएको थियो ।
मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ । मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो । शनिबार उहाँले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गर्नुभएको थियो ।