सुचना, समाचार र मनोरन्जन

ईश्वरीको ‘माया छ कि छैन’मा आर्यन सिग्देल

काठमाडौं :

गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’को भिडियो सार्वजनिक भएको छ। हालै उनले यस गीतको भिडियो सार्वजनिक गरेकी हुन्। गीतको भिडियोमा आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

गीतको भिडियोलाई दर्शकले मन पराइरहेका छन्। गीतको भिडियो दर्शकले मन पराएपछि गायिका बराल दंग देखिएकी छन्। भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय देख्न सकिन्छ भने गीतलाई श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट हेर्न सकिने छ।

Pach Pandav

गायिका बरालका अनुसार म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको हो। मुस्कान ढकालले निर्देशन गरेको गीतको भिडियोलाई नवराज उप्रेतीको छ।

कोरियोग्राफि शिशिर खातीले गरेका छन्। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको छ। कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो। यस अघि गायिका बरालले ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’स्रोतामाझ ल्याएकी थिइन्। जुन गीत चर्चामा रहेका थिए।

Leave A Reply

Your email address will not be published.