सुचना, समाचार र मनोरन्जन

असोज ३ बाट सरेका ‘जारी २’ र ‘सोल्टिनी’ भाईटिकामा पनिसँगै

काठमाडौं :

फिल्म ‘जारी २’ र ‘सोल्टिनी’को कस्तो संयोग मिलेको। आगामी अर्थात पर्सी असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन ल्याउन लागेको यि दुवै फिल्म अन्तत सरेर आगामी कार्तिक ६ गते भाइटीकामा पुगेका छन्।

जारी २को निर्माण टिमले फिल्मको हिजो नयाँ प्रदर्शन मिति कार्तिक ६ गतेलाई घोषणा गरेको हो। यता फिल्म ‘सोल्टिनी’टिमले केहि दिनअघि नै आफ्नो फिल्म असोज ३ मा प्रदर्शन नगर्ने भन्दै कार्तिक ६ लाई रोजेको जानकारी दिएको थियो। अब दुवै फिल्म एकै दिन प्रदर्शनमा आउने भएका हुन्।

फिल्म ‘जारी २’मा कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको हो भने यसमा दयाहाङ राई,मिरुना मगर,विजय बराल,बुद्धि तामाङ,ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा आधारित निर्माण भएको फिल्म हो। बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरु सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन्।

यता फिल्म ‘सोल्टिनी’मा प्रकाश सपुत,परीक्षा लिम्बू,विल्सन विक्रम राई, सब्बु गुरुङ,रवीन्द्र झा,प्रकाश घिमिरे,प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ।

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ। त्यसै गरि यो फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्। प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा रेजिना बिष्ट र संसार चौलागाईं निर्माताको रुपमा छन् ।

Leave A Reply

Your email address will not be published.