काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। देशभरी नै रामो व्यापार गरिरहेको सिनेमाले पूर्वी नेपालका हलमा आक्रामक व्यार गरेको हो।
लिम्बु समुदायको कथामा आधारित सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो सिनेमा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन्। हिजो सोमबार झापाको दमक र बिर्तामोडमा दर्शक सक्षात्कार गरेको टिमले आज मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गर्नेछन्।
सिनेमाको आज मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ। उनले पूर्वीनेपालका दर्शकको न्यानो स्वागत र मायाले आगामी दिनमा अझै राम्रो सिनेमा पस्किनु पर्ने चुनौती महसुस भएको बताए।
यता, सिनेमकी मुख्य अभिनेत्री मिरुना मगरले पनि दर्शकमा आजबाट प्रदर्शमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गरेको बताइन्। ‘हिजो हामीले दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौं। आज सुनसरीको धरान र इटहरीमा दर्शक भेट्दै छौं। धरान मेरो होम टाउन भएकाले पनि दर्शकसँग साक्षात्कार गर्न अझै उत्साहित छु’, उनले भनिन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ,मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ। सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।