Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बाढीले अभिभावक खोस्यो, शिक्षा खोस्न नदिने संकल्पः १०० बढी बालबालिकाको भविष्यका लागि बतास–डा मनी लाल भौमिक फाउन्डेसन सहकार्य
- किसान परिवारबाट व्यवसाय हुँदै नेतृत्वको यात्रामा कुँवर : ‘पद होइन, निजी क्षेत्र बलियो बनाउने जिम्मेवारी चाहेको हुँ’
- टेम्पल बेल बुटिक रिसोर्टद्वारा बाढी प्रभावितलाई एक लाख भन्दा बढी सहयोग
- त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
- प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने
- भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’को फिनाले सेप्टेम्बर ६ मा सर्यो
- नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने
- अटिजमको भावुक कथाले हलमा दर्शकका आँखा रसायो, ‘पार्वती’ले समात्यो कमाइको नयाँ लय
- सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार
- उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह
काठमाडौँ,
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गरेका छन ।
सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उनले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उनले भने, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो औषधी मनको कुरा अरुसँग साझा गर्नु हो । मानसिक स्वास्थ्यबारे आजैबाट बहस र चर्चा गरौँ । रोकथाम तथा उपचारको पाटोमा कुरा गरौँ जसले गर्दा मानसिक स्वास्थ्य समस्यालाई सामाना गर्न सहज हुन्छ ।”
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या विशेषगरी कोभिड र जेनजी आन्दोलन पछाडि अझ सरोकारको विषय बनिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको मानसिक स्वास्थ्य सचेतना अभियानमा सबैजना एकीकृत भएर लाग्न आग्रह गरे ।
“मानसिक स्वास्थ्य सबैका लागि महत्वपूर्ण सरोकारको विषय बनिरहेको छ । नेपालको ठूलो जनसङ्ख्या आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुन सक्ने अवस्था छ । त्यसैले मानसिक स्वास्थ्यलाई अत्यन्त महत्वका साथ र हेर्न जरुरी छ”, उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर २४ देखि फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ ।
यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पु¥याउनु र खुला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।