सुचना, समाचार र मनोरन्जन

सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाइने

काठमाडौँ,

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन्।

Pach Pandav

मंगलबार हेम–सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउन सरकारले ढिलाइ नगर्ने बताए।

मन्त्री खरेलले भने, ‘फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने र निर्वाचन आयोगलाई जस्तो वातावरण चाहिन्छ, त्यो सरकारले मिलाइदिन्छ। सबैले चुनावमा भाग लिन सक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो, त्यसलाई सरकारले अर्जुनदृष्टिमा राखेको छ।’

उनले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र चुस्त सार्वजनिक सेवा प्रवाहजस्ता मागहरू रातारात पूरा नहुने भए पनि जनताले महसुस गर्ने गरी काम गर्ने बताए। आन्दोलनका क्रममा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको क्षतिको छानबिन गरी संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.