सुचना, समाचार र मनोरन्जन

आशुतोषको फिल्म ‘जम्प’ मंसिरमा प्रदर्शन हुने

काठमाडौँ :

आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘जम्प’ को प्रदर्शन मिति मंसिरमा फाइनल भएको छ। निर्माण टिमले पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेपछि मंसिर २९ गतेलाई प्रदर्शन मिति तोकेको हो।

Chaka Panja

साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुने र आफ्नो विगतमा दबाएर राखिएका अनुभूतिहरूले पिरोल्ने कथा पेश गरिएको छ।

क्रियटिभ माकुरा मिडियाको व्यानरमा निर्माण भएको फिल्ममा सरोज श्रेष्ठ,सन्देश शाक्य,बिनिता थापा मगर,मन्जिल जिसी,सगुन तामाङ,रोशनी स्याङ्ग्बो,शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका रहेको छ। ओस्कार अवार्डको ९६औँ संस्करणमा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’की कलाकार विनिता थापा मगरको समेत यस फिल्ममा अभिनय रहेको छ। फिल्ममा कार्यकारी निर्माताका रुपमा इशा खड्का रहेकी छन्।

यो फिल्मले केहि विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाई सकेको छ। क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन्। फिल्मलाई गोविन्द शाहीले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.