सुचना, समाचार र मनोरन्जन

‘जन्ते बाख्रो’को प्रमोसनमा बेहुली बनिन् गरिमा शर्मा

काठमाडौं :

जेठको २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’मा अभिनेत्री गरिमा शर्मालाई बेहुली बनेकी छन्। उनलाई शनिबार काठमाडौंको सिटी स्क्वायर मलको प्राङ्गणमा बेहुलीको भेषमा बग्गीमा राखेर पुर्याइएको हो।

फिल्म प्रदर्शनमा आउन झण्डै एकसाता बाँकी छँदा निर्माण टिमले ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम आयोजना गरेको थियो। सोही मौकामा अविवाहित गरिमालाई बेहुलीको भेषमा कार्यक्रमस्थलमा लगिएको थियो।

Chaka Panja

अभिनेत्री शर्मालाई सामाखुशीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अंकित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा लगाएका निर्माण टिमका बग्गीको अघिपछि लागेर कार्यक्रमको स्थलमा लगेका थिए। त्यति मात्र होइन बिबाहको शैलीमा पञ्चे बाजासहित कार्यक्रम स्थलमा लैजादा अभिनेत्री शर्मा फुङंग देखिन्थिइन। तर यस फिल्ममा मुख्य अभिनेता सौगात मल्ल भने उपस्थित भएको देखिएनन्।

‘जन्ते बाख्रो साँझ’ कार्यक्रममा बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतका गायक–गायिकाले फिल्मका हिट गीत प्रस्तुत गरेका थिए। उनीहरुको सांगीतिक कार्यक्रममा सयौ दर्शकले मनोरञ्जन लिएका थिए। उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोस सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति थियो।

मुइन इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्ममा प्रदीप भारद्वाजको लेखन, हरि हुमागाँइको छायांकन निर्देशन, उत्तम हुमागाँइको छायांकन र सुनिल शिवभक्तीको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.