सुचना, समाचार र मनोरन्जन

‘जन्ते बाख्रो’को गीत ‘घामै राजा’मा नाचे सौगात र गरिमा

काठमाडौं :

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो रिलिज गरिएको हो।

गीतमा संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन्। गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ। गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ। आगाी जेठ ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ।

यसअघि सिनेमाको फस्र्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी फिल्मको गीत रिलिज कार्यक्रममा गराइयो। निर्माण सन्तोष गौतमले सिनेमाका मुख्य अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘भाईरल गोर्खे’ अर्को हप्ता नै प्रदर्शन आउने भएकाले टाइम ग्यापको लागि दुई हप्ता प्रि–पोण्ड गरिएको बताए। आफु र आफ्नो टिमले जन्ते बाख्रो निर्माणमा निकै मेहनत गरेकाले दर्शकले सिनेमा रुचाउनेमा आशावादी रहेको उनको भनाई यो। आफु जन्ते बाख्रोको नेपाल र विदेश रिलिज एकै पटक गर्ने तयारीमा रहेको पनि खुलाए।

फिल्मका निर्देशक सिमोस सुनुवारले पनि आफ्ना अघिल्ला सिनेमाको गल्ती कमजोरी ‘जन्ते बाख्रो’मा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो सिनेमा पस्किने तयारी गरेको बताए। यो सिनेमाका लागि कलाकारदेखि कथा लेखनसम्म आफ्नो टिमले निकै मेहनत गरेकाले दर्शकलाई जन्ते बाख्रो मन पर्नेमा विश्वस्त देखिए।

यता सिनेमाकी मुख्य अभिनेत्री गरिमा शर्माले आफु पहिलो पटक सिनेमा मुख्य भूमिकामा देखिएकाले स्टेज चढ्दा डर लागेको बताइन् । फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा,पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्। फिल्म हरि हुँमागाईको डिओपी,उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.