काठमाडौं :
नेपालको पुर्वी जिल्ला तथा भारतको दार्जेलिङमा छायांकन भएको २ वटा फिल्म एकसाथ प्रदर्शनमा आउन लागेका छन्। शुक्रबार (भोली)देखि नेपाली बक्सअफिसमा फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ प्रदर्शनमा आउन लागेको हुन्।
सौगात मल्ल,अनुप बिक्रम शाही,गीताञ्जली थापाको मुख्य भुमिका रहेको फिल्म ‘जार’ हो भने बिपिन कार्की र मिरुना मगर अभिनित ‘ऊनको स्वीटर’रहेको छ। दुवैको कथा फरक भएकाले दर्शकले स्वाद पनि फरक नै प्राप्त गर्नेछन्। यो फिल्मसँगै बलिउड फिल्म ‘भूल चुक माफ’को प्रदर्शनमा आउने चर्चा थियो। तर दुवै फिल्मले आफ्नो प्रदर्शन रोकेपछि नेपाली फिल्मलाई फाइदा हुने देखिएको छ। अर्थात नेपाली फिल्मले फाइदा उठाउन सक्नेछन्।
यसैबीच विपिन र मिरुना अभिनित फिल्म ‘ऊनको स्वीटर’ले हलवालाले देशब्यापी १९० शो दिएका छन्। यो शो उल्लेखनिय हो। यस फिल्ममा समावेश गीत काफ्लेको चर्चाले पनि होला हलवालालेप्रयाप्त शो दिएका हुन्। यता सौगात, गीताञ्जली थापा र ‘जार’ले देशब्यापी ८६ शो पाएको छ। यो निकै कम हो। अहिले हलमा बलिउडको ‘रेड २’, हलिउडको ‘थन्डरबोल्ट्स’, हिट, भूठान, खेल, देवी डकुमेन्ट्री, अन्जिला, पिताम्बर, केशरी च्याप्टर २, भिल्को लगायतका फिल्म प्रदर्शनरत छन् ।