काठमाडौं :
सोमबार (आज) भएको जेन जीको आन्दोलनले भोलि सार्वजनिक हुने भनिएको फिल्म ‘जारी २’को ट्रेलर सार्वजनिक नहुने भएको छ। सरकारले काठमाडौ.का पाँच ठाउँमा कफ्र्यु जारी गरेकाले फिल्म ट्रेलर रिलिज कार्यक्रम रोकिएको हो।
निर्माण पक्षले अब परिस्थिति हेरेर उपयुक्त समयमा ट्रेलर सार्वजनिक गरिने जानकारी दिएको छ। कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित यस फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिका रहेको छ। यो फिल्म दुई वर्षअघिको सुपरहिट फिल्म ‘जारी’को सिक्वेल हो। फिल्म आउँदो असोज ३ गते प्रदर्शन हुँदैछ।