सुचना, समाचार र मनोरन्जन

उपेन्द्रले थाले पाँचथरबाट ‘जारी २’को छायांकन

काठमाडौं :

उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन थालिएको छ। निर्माण पक्षले सोमबार पाँचथरबाट छायांकन सुरु गरेको हो। यो फिल्मको सबै छायांकन पाँचथरमा हुने निर्माणपक्षको भनाई छ।

‘जारी २’ सनेमा ‘जारी’को सिक्वेल हो। यो फिल्मको यसअघि फस्र्टलुक सार्वजनिक भइसकेको छ। निर्माण पक्षले यो फिल्मको प्रदर्शन दसैंको फुलपातीलाई तोकेको छ। फर्स्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो। यो सिनेमालाई स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ।

यस फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ। बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ। बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यारमा निर्माण हुने फिल्मलाई रामबाबु गुरुङले निर्माण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.