सुचना, समाचार र मनोरन्जन

जय जय गोरख जय जय काली,हिन्दुराष्ट्र यसैपाली भन्दै पोखरामा धार्मिक पदयात्रा

 पोखरा :

जय जय गोरख जय जय काली हिन्दुराष्ट्र यसैपाली भन्दै पोखरामा धार्मिक पदयात्रा गरिएको छ । साउन महिनाको अन्तिम सोमबार बोलबमको समय पारेर आयोजना गरिएको कार्यक्रममा जाग नेपाली जाग हिन्दुराष्ट्र माग, हाम्रो धर्म हाम्रो संस्कृति प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र हाम्रो सान नेपालीको पहिचान लगायतको नारा लगाइएको थियो ।

Chaka Panja

गाइघाट देखि केदारेश्वर सम्मको पदयात्रा पन्चेबाजा सहित भएको थियो । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा भएको कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आउने भनिए पनि मौसमको प्रतिकुलताका कारण उनको उपस्तिथि हुन सकेन । कार्यक्रममा राप्रपाका नेता सहित पोखरेलीहरुको बाक्लो उपस्थिती थियो । सनातन हिन्दुराष्ट्र निर्माणका लागि पदयात्रा मार्फत सहयोग मिलेको विश्वास पुष्पराज पुरुष छ ।

“असहिष्णुताले हाम्रो देशलाई गिजोलेको छ । पहिचान गुम्ने चिन्ता भयो । सनातन हिन्दुराष्ट्र निर्माण गरी पहिचान जोगाउने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने ।

Leave A Reply

Your email address will not be published.