सुचना, समाचार र मनोरन्जन

‘झिँगे दाउ २’निर्माण्मा जुट्दै निर्देशक देउजा,आँचललाई भेट्न पुगे ‘वर एण्ड बधु’को सेटमा

काठमाडौं :

अभिनेत्री आँचल शर्मालाई भेट्न अहिले मुस्किल छ। उनको व्यस्तता एकपछि अर्को फिल्ममा भएपछि निर्देशक सुटिङ सेटमा भेट्न पुग्न थालेका छन्।

बिहिबार निर्देशक ज्ञानेन्द्र देउजा आँचललाई भेट्न ‘वर एण्ड बधु’को छायांकन स्थलमा नै पुगेका छन्। उनीहरुबीच नयाँ फिल्मको बारेमा कुराकानी भएको थियो। काठमाडौं आसपासमा नै भइरहेको फिल्मको सुटिङमा आँचल आफ्ना सिनहरु धमाधम सिध्याइरहेकी छन्। २ वर्ष अघि फिल्म ‘झिङ्गे दाउ’मासँगै सहकार्य गरेका निर्देशक देउजा र अभिनेत्री शर्माले अर्को फिल्ममा पनि सहकार्य गर्न लागेका हुन्। निर्देशक देउजाले निर्माण गर्न लागेको तीन वटा फिल्म रहेका छन्। तर उनलाई कुन फिल्ममा लिन लागेको हुन् त्यो भने निर्देशकले खुलाएनन्।

आँचलसँगै सहकार्य गरेको फिल्म ‘झिङ्गे दाउ’हिट भएपछि यसैको सिक्वेल निर्माण गर्ने हल्ला चलेको छ। तर निर्देशक देउजाले फिल्म ‘झिङ्गे दाउ २’का लागि भन्दा पनि अर्को नयाँ फिल्मका लागि आँचलसँग कुरा भएको जानकारी दिए।

फिल्म ‘झिँगे दाउ २, जेल ब्रेकर’ सहित अर्को अनटाइटल फिल्ममा निर्देशन गरिरहेका देउजाले कुन फिल्ममा आँचललाई लिन लागेका हुन दुवैले खुलाएनन्। तर अनुमान भने ‘झिँगे दाउ २’ होकी भनेर अनुमान लगाउन सकिन्छ। त्यसैको सिनलाई कन्टिन्युटीका लागि आँचलसँग कुरा गरेको होकी भन्ने लाग्छ। तर यकिन भने होइन। यता आँचलको व्यस्तताले आगामी भदौसम्म व्याक छिन् । त्यसपछिको समय उनले निर्देशक ज्ञानेन्द्रलाई फिल्मका लागि दिने बुझिएको छ।

Leave A Reply

Your email address will not be published.