सुचना, समाचार र मनोरन्जन

‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत रिलिज

काठमाडौं :

असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन् । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन पराएका छन् ।
यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजको भएको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ।

निकै नै मार्मिक यो गीतमा कुशल बेलबासेको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा यो गीत तयार भएको हो। गीतमा आमा घरमा नहुँदाको पीडा पोखिएको छ । आमा हुँदा घर कस्तो हुन्छ भनेर पनि गीतमा उल्लेख गरिएको छ।कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ।

Pach Pandav

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट,आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ।परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। यो गीत सार्वजनिक भएपछि दर्शकले फिल्मको मर्मलाई अझै नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.