सुचना, समाचार र मनोरन्जन

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं,

कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दशैंको टीका लगाइदिने कुमारीघर व्यवस्थापन समितिले जनाएको छ ।

हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने छिन् ।

जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो । जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ ।

नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडादशैंको टीका–जमरा देवी दुर्गाको प्रसाद भएकाले टीका लगाउन साइत हेरिराख्नु पर्दैन । तर उत्तम साइत खोज्नेहरुका लागि आज बिहान ११ बजेर ५३ मिनेट निर्र्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले भने यस वर्ष दशैंको टीका नलगाउने र सर्वसाधारणलाई पनि नलगाइदिने उनको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.