काठमाडौं :
फिल्म ‘बेहुली फ्रेम मेघौली’का निर्देशकले दोस्रो फिल्मको घोषणा गरेका छन्। निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ को निर्माण घोषणा गरेका हुन्।

कथाले सडक नजोडिएको गाउँमा एक दम्पतीको निधनपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल के गरिन्छ भन्ने विषयवस्तुलाई बोल्ने छ।
राजन भुसालको मूल कथामा आधारित यस फिल्ममा पटकथा तथा संवाद निर्देशनद्वय स्वयंले लेखेका छन्। फिल्मको मुख्य भूमिकामा विजय बराल रहने छ। उनका अलवा को को कलाकारले अभिनय गर्दैछन् भन्ने बारेमा निर्माण पक्षले खुलाएको छैन। यो फिल्मको कार्यकारी निर्माता मोती कार्की छन् ।
फिल्ममा संगीत अंकित बाबु अधिकारीले तयार गर्नेछन्। निर्माण पक्षका अनुसार यो फिल्मको छायांकन तिहारपछि हुने छ। यो फिल्मको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ। अर्को वर्ष फिल्मलाई प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना छ।