सुचना, समाचार र मनोरन्जन

हेयर डिजाइनर जुरी ठाकुर राष्ट्रिय जिवन्त म्युजिक नेपाल अवार्डबाट सम्मानित

काठमाडौं :

शनिबार काठमाडौंमा चर्चित हेयर डिजाइनरका रुपमा परिचित जुरी ठाकुर सम्मानि भएका छन्। केहि फिल्म तथा म्युजिक भिडियोमा समेत अभिनय गरेका ठाकुरलाई अग्लेश्वोरी हिल्स विकास कोषको आयोजनामा राष्ट्रिय जिवन्त म्युजिक नेपाल अवार्डबाट सम्मानित गरिएको हो।

सम्मानित भएपछि ठाकुरले आफु निकै हर्षित भएको बताए। उनले भने,‘यसरी सम्मानित हुँदा आफ्नो काम प्रति अझ जिम्मेवार बढेको महशुस गरे ।’

Pach Pandav

उनी महोत्तरी जिल्लामा जन्मिएर बिगत २ दशक देखि काठमाडौँमा सलुनको ब्यवसाय गर्दै आएका छन्। विशेष गरि उनी नेपाली सिनेमाका कलाकारको हेयर डिजाइन गर्दै आएका छन्। दर्जनौं कलाकारहरूको हेयर डिजाइनरका रुपमा परिचित जुरी ठाकुर अग्लेश्वोरी हिल्स विकास कोषको आयोजनामा राष्ट्रिय जिवन्त म्युजिक नेपाल अवार्डबाट सम्मानित भएका हुन्।

उनले काठमाडौमा दर्जनौं मानिसलाई रोजगारी समेत दिएका छन्। उनले यो सम्मान र उपलब्धिको लागि सम्मान गर्ने संस्थालाई धन्यवाद ब्यक्त गरेका छन्। उक्त कार्यक्रममा विभिन्न कलाकार तथा श्रष्टाहरुलाई सम्मान तथा अवार्ड वितरण गरिएको थियो।

फोटो : सुरेन्द्र थापा

Leave A Reply

Your email address will not be published.