सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविता, जोन र चक्र

काठमाडौं :

दश वर्ष अघिको हिट गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटुबमार्फत रिलिज गरिएको हो।

उक्त गीतको भिडियोमा कविता न्यौपाने, जोन बम र चक्र बमको अभिनय रहेको छ। हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। मोडल न्यौपाने लामो समयदेखि सक्रिय रहदै आएकी छन्। उनले ‘कलेजी कटाउन्या माया’ बोलको गीतको भिडियोमा कविताले लोभलाग्दो र प्रशंसा योग्य काम गरेको देख्न सकिन्छ। त्यस्तै जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियो साच्चैँ नै कलेजी काट्ने खालको छ । भिडियोमा कलाकारहरुको काम तारिफयोग्य छ। यो गीत आजभन्दा करिव १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो। विशेषगरी, सुदुरपश्चिमका ९ जिल्लाहरुमा यो गीतले तहल्का मच्चायो ।

sfal

गीतले दर्शकको अपार सफलता र माया पाएपछी गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन। गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन्।

भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियोको कन्सेप्ट पनि शानकै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन। त्यसै गरी, मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टौवा कृयसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटोग्राफी छ।

Leave A Reply

Your email address will not be published.