काठमाडौँ :
फिल्म ‘एक्लो’ कि अभिनेत्री कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। उनले केहि दिनमा नै सगरमाथा आरोहण गर्ने भएकी हुन्। अहिले त्यसका लागि उनी आवश्यक तयारीमा जुटेकी छन्।
अभिनेत्री नेपाली डान्सिङ्ग रियालिटी शो ‘बुगीबुगी’को विजेता हुन्। उनले अहिलेसम्म सयभन्दा बढी म्युजिक भिडियो,वेव सिरिजमा काम गरिसकेकी छन् भने केहि फिल्ममा समेत अभिनय गरेकी छन्। उनको पछिल्लो फिल्म ‘एक्लो’हो। जसको छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘एक्लो’ को छायाँकन अपर मुस्ताङमा गरिएको हो। त्यहाँ पुग्दा कविता नेपालीलाई सगरमाथा चढ्ने सोच पलाएको रहेछ। उनका अनुसार सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नु पर्ने र आबस्यक तालिम समेत लिनुपर्ने भएकोले तयारीमा जुटेकी जानकारी दिइन्। उनी अहिले सगरमाथा बेस क्याम्पमा बसेर सगरमाथा चढ्नका लागि तयारी गर्दै गरेको बताईन्।
नेपालीलाई सगरमाथा चढ्न चलचित्र ’एक्लो’ निर्माण टिमले पनि आबस्यक सहयोग गर्ने चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए।
प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘एक्लो’ मा कविता नेपालीसंगै प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल,दिनेश डीसी,सुरज सिहँ ठकुरी,त्रिचु राई,कृष्णभक्त महर्जन,विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।