सुचना, समाचार र मनोरन्जन

निर्माता खड्का भन्छन्,‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’बाट आउटपुट दिने छौं’

काठमाडौं :

यो वर्षको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सकाएका छन्। यो वर्षको सबैभन्दा बढि कमाई गर्ने फिल्मका निर्देशकले अर्को फिल्म कस्तो बनाउँलान भन्ने चासोको विषय समेत बन्न थालेको छ। किनभने उनको फिल्मले जतिको व्यापार अहिलेसम्म कुनै फिल्मले गर्न सकेको थिए। त्यस कारण पनि सिनेकर्मीदेखि दर्शकसम्मलाई चासोको विषय बनेको हो।

यसैबीच यस फिल्मका कार्यकारी निर्माता दिनेश खड्काले दर्शकमा रहेको अपेक्षा पूरा गर्ने बताए। फिल्मको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुने बताए।उनले मिडियासँगको कुराकानीमा भने,‘फिल्मको अनलाइन सम्पादनको काम सेट मै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ।’

अहिले निर्माण टिम र निर्देशकको मेहनत हेर्दा फिल्म राम्रै बनने बताए।

उनले अगाडि भने,‘अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ। अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ।’ उनका अनुसार स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोग पाएकाले पनि फिल्मको छायांकन सहज र प्रभावकारी भएको हो।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त,आर्यन सिक्देल,ऋचा शर्मा,नीति शाह,प्रवीण खतिवडा,सरोज खनाल, विशाल पहाडी,लोकमणि सापकोटा,हिउवाला गौतम,सिर्जना अधिकारी,शेखर चापागाई,दिनेश काफ्ले,सिरु विष्ट,स्नेहा जोशी, सुबलमणि सापकोटा,सविता रेग्मीलगायतको अभिनय रहनेछ।

फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेको यो सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। यस फिल्मको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्। निर्माण टोलीले ‘कोशेढुंगा’लाई वि.सं. २०८२ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। यद्यपि औपचारिक रिलिज मिति भने घोषणा गरिएको छैन।

Leave A Reply

Your email address will not be published.