सुचना, समाचार र मनोरन्जन

हिमपातले अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

हिमपातका कारण अस्तिदेखि अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो । हिजो दिउँसोदेखि खुलाउने काम थालिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार अवरुद्ध सडक खुलाइएको भए पनि कतिपय घाम नलाग्ने ओसिलो ठाउँमा हिउँ ढुङ्गा जस्तै सारो हुने गरी जमेकाले गाडीहरु मुक्तिनाथ उक्लिन समस्या छ ।

फेरि हिमपात नभएमा केही दिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.