सुचना, समाचार र मनोरन्जन

मध्यपुर थिमिमा सौन्दर्य कलाको तालिम सम्पन्न

भक्तपुर :

मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा जि एम ब्युटी सैलुनको सहकार्यमा हालै कौशलटारमा एक समारोहका बीच एक महिने सौन्दर्य कला सम्बन्धी तालिम तथा समापन कार्यक्रम सम्पन्न गरिएको छ । मध्य थिमी नगरपालिकाका विभिन्न सीपमुलक तालिम योजना मध्य हालै स्वरोजगार तथा उद्दमशीलताको लागि लघु उद्दम बिकास ९ःभ्म्एब्० कार्यक्रम अन्तर्गतको सीप बिकास तालिमको अन्तर्गतको पनि एक सीपमुलक यो सौन्दर्य कला तालिममा जि एम ब्युटी सलुन मार्फत विभिन्न उद्दम्शील महिलाहरुलाई तालिम सकिएको प्रमाण पत्र तथा प्रविधी हस्तान्तरण कार्यक्रम गरि सम्पन्म गरिएको छ।

उधोग सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रन्जितको अध्यक्षता तथा मध्यपुर थिमी नगरपालिका वडा नं ३ का अध्यक्ष कृष्ण हरी आचर्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं। ३का वडा सदस्य निर्माला परियार, वडा सचिव अञ्जु भट्टराई, उपकार साकोसका व्यवस्थापक कपिल ध्वजु, सिनियर कस्माटोलोजिस्ट, ब्युटिसियन तथा जि एम ब्युटी सलुनकी सञ्चालिका मन्दिरा खडका लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु, पत्रकार लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी मध्यपुर थिमि वडा नं। ३ का अध्यक्ष कृष्ण हरी आचार्य लगायत अतिथिले संयुक्त रुपमा तालिम प्राप्त गर्ने महिलाहरुलाई प्रमाणपत्र तथा सीपसंग सम्बन्धित प्रविधी स्तान्तरण गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिआचार्यले येस्तै विभिन्न सीपमुलक तालिम कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भए सबै स्वोरोजगार हुने, आत्मनिर्भर हुने, विदेश धाउनु नपर्ने जस्ता विभिन्न सम्स्याको दिर्घकालिन समाधान हुने र यस्ता कार्यहरुमा आफुले जति सक्दो बजेट सरकारसंग अपिल गर्ने लगायत आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो। साथै आफ्नो वडा, पालिकामा अब येस्तो कार्यहरुलाई अझै प्राथमिकताको श्रेणीमा राख्ने र आगामी आर्थिक वर्षमा अझै तिब्र रुपमा येस्तो कार्यक्रमहरुलाई अगाडी बढाउदै लाने कुरामा पनि जोड दिनुभयो । कार्यक्रम सफल भएको खुशीयालीमा जि एम ब्युटी सैलुनको प्राङ्गणमा प्रमुख अतिथी लगायत सम्पुर्ण ले केक काट्दै खुशीयाली मनाउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.