सुचना, समाचार र मनोरन्जन

कलाकार दिपाशा बि.सी.को स्मृतिमा स्थापित छायाँछवि पुरस्कार

काठमाडौं :

छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ।

एघार हजार एक रुपैपाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार सञ्चिता शाहिलाई प्रदान गरिने भएको हो। यो पुरस्कार गत वर्ष चर्चित मोडल तथा कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
त्यसैगरी १२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दयकर्मी संगीता राना मगर एवं अप्सना नेवा हायुलाई छायाँछबि तीज नारी सम्मान प्रदान गरनिने भएको छ।

साथै यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरीने भएको छ। यस पटक यो सम्मान बाट अमेरीका बोस्टर्न निवासी गायिका शुशीला वस्नेत तिमिल्सीनालाई प्रदान गरीने भएको छ। यस किसिमका सम्मानहरु आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिए बापत सम्मानित गर्न लागिएकोे आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन्।

नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा बिगत लामो समयदेखी सक्रिय रहेको छाँयाछवि क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशाला प्रदान गर्दै आईरहेको छ। कार्यक्रम यहि भाद्र ६ गते काठमाण्डौ स्थित लेभीस गार्डेनमा सम्पन्न हुन गैरहेको छ।

Leave A Reply

Your email address will not be published.