सुचना, समाचार र मनोरन्जन

कलाकारको महँगो पारिश्रमिक र जिम्मेवारीः फिल्म नचल्दा कस्ले बेहोर्छ नोक्सानी?

काठमाडौं :

फिल्म ‘माग्नेराजा’का लागि हास्यकलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा)ले ६१ लाख पारिश्रमिक लिएको चर्चाले चुलिरहेको अवस्था छ। अझ भर्नौँ नेपालको फिल्म क्षेत्रमा कलाकारहरूको महँगो पारिश्रमिकको विषय लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ। तर निष्कर्षमा केहि हुन्न,चर्चा बाहेक।

कलाकार घिमिरेले फिल्म ‘माग्ने राजा’का लागि ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको यस फिल्मका निर्माता मुनाल घिमिरेले खुलासा गरेपछि थप चर्चाको विषय बनेको छ। सञ्चारमाध्यमले कलाकारहरूलाई सार्वजनिक कार्यक्रममा पनि सोधपुछ गर्दै यो विषयलाई जोड दिइरहेका छन्।

अनमोल केसीको पारिश्रमिक ५० लाख,पूजा शर्माको २५ लाख हुँदै निर्देशक कृषा चौलागाइँको ७५ लाखसम्म पुगेको छ। उनीहरुले आफ्नो फिल्मको पारिश्रमिक बराबरको निर्मातालाई लगानी फिर्ता गराइदिन सक्ने क्षमता छ भन्नेमा प्रश्न उठिरहेको अवस्थामा फिल्म नचलेको खण्डमा त्यसको जिम्मेवारीको पनि बहसको विषय बनेको छ। कतिपय कलाकारहरूले महँगो पारिश्रमिक त लिने गर्छन्, तर जब फिल्म असफल हुन्छ तब बाँकी रकम नलिने वा छाडिदिने जिम्मेवारी पनि उनीहरूले लिएका छन् त? यसको उदाहरणका रुपमा निर्माता समेत रहेको कलाकार निर्मल शर्मालाई लिन सकिन्छ।

उनले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार, उनले आफ्नो फिल्मको बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेका छन्। यद्यपि उनले सो फिल्मको नाम सार्वजनिक नगरेका छन्। तर यता अभिनेत्री पूजा शर्माले आफुले खेलेको फिल्मको आधा पारिश्रमिक फिर्ता गरेको दाबी गरेकी छन्।
उनले फिल्म ‘हली’को प्रमोसनल गीत रिलिज कार्यक्रममा शर्माले आफुले अभिनय गरेको फिल्म ‘दान्भी’ले लगानी डुबाएपछि निर्मातालाई दश लाख फिर्ता गरेको दाबी गरेकी हुन्।

उनले मिडियाका अगाडि भनिन्,‘मैले फिल्म ‘दान्भी’मा काम गर्नका लागि २५ लाख एग्रिमेन्ट गरेको थिए। फिल्म असफल भएपछि मैले १० लाख रुपैयाँको बाँकी पारिश्रमिक लिइनँ।’ किनभने पहिलो निर्माता नै नभागुन भनेर हो।’।

उनका कलाकारहरुलाई सुझाव दिदै भनिन्,‘नयाँ निर्माता आउँदा सबैले धेरै पैसा माग्नु हुँदैन। नयाँलाई काम गर्ने वातावरण बनाउन आवश्यक छ र मिडियाले पनि यसमा सकारात्मक भूमिका खेल्नुपर्छ।’

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पारिश्रमिकको विषयमा दिनेले दियो,लिनेले लियो भन्दै उनीहरुको विषयको कुरा भएको बताईन्।  उनको भनाईहरु जस्तै कलाकारहरुले बुझिदिने हो भने नव निर्माताहरुलाई फिल्ममा लगानी गर्न अझ सहज वातावरण बन्नेछ।

Leave A Reply

Your email address will not be published.