सुचना, समाचार र मनोरन्जन

कालीगण्डकीले पर्वतमा ८० घर बगायो

पर्वत,

कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन।

Pach Pandav

बाढीबाट अन्य घरसमेत उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जिन्सी सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र विद्युत् तथा फोन सम्पर्कमा समेत समस्या भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.