सुचना, समाचार र मनोरन्जन

‘कल्ली’मा सौगात मल्लदेखि उत्तम प्रधानसम्मका कलाकार,बलियो बन्दै लाइनअप

काठमाडौं :

फिल्म ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालपछि उत्तम प्रधानको प्रवेशसँगै लाइनअप बलियो बन्दै गएको हो।

Pach Pandav

उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन्। केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय थिएनन्।

फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन्।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्। यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ। फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए

Leave A Reply

Your email address will not be published.