सुचना, समाचार र मनोरन्जन

फिल्म ‘कल्ली’का तीन पोस्टर सार्वजनिक, सौगात–नाजिर–वर्षा र सुलक्षण फरक रूपमा

काठमाडौँ :

फागुन १ गते रिलिज हुने तयारीमा रहेको फिल्म *‘कल्ली’*ले तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरेको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको यस फिल्मका पोस्टरमा मुख्य कलाकारहरू फरक–फरक गेटअपमा देखिएका छन्।

महेश दवाडीले लेखेको र लक्ष्मण सुनारले निर्देशन गरेको फिल्मको पोस्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँ देखिएकी छन्। अर्को पोस्टरमा सुलक्षण भारती फरक गेटअपमा प्रस्तुत छन् भने तेस्रो पोस्टरमा नायक सौगात मल्ललाई देखाइएको छ। यी पोस्टरहरूले फिल्मप्रति दर्शकमाझ थप उत्सुकता जगाएको निर्माणपक्षको दाबी छ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको अभिनय रहेको छ। बाल कलाकारमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा छन्।

फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनभी महर्जनको एक्सन र निसाल पौडेलको छायांकन रहेको छ। राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन्। लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको ‘कल्ली’ले पारिवारिक भावनासँगै समाजका विभिन्न वास्तविकताहरू उजागर गर्ने बताइएको छ।

Leave A Reply

Your email address will not be published.