सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित

काठमाडौं :

बाल्यकालमा नै दोहोरी गाएर चर्चामा आएकी गायिका कमला घिमिरेले फिल्ममा अभिनय गर्ने भएकी छन्। उनी रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ अनुबन्धित भएकी हुन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेको निर्माण पक्षले जनाएको छ।

कमलाले आफूलाई संगीतमा झैं फिल्ममा पनि दर्शकले माया दिने बताइन्। ‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनुहुनेछ जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो । आज मैले फिल्म गर्ने अबसर पाएँ, म सम्झिन चाहान्छु मेरा ति सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पु¥याउनुभयो’, उनले भनिन्। कमला एक समय युट्युब र सामाजिक सञ्जालमा भाइरल गायिका थिइन्।

फिल्म युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरलुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ। निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए ।

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ।

Leave A Reply

Your email address will not be published.