सुचना, समाचार र मनोरन्जन

पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट, पौष २७ को तयारी पूरा

पत्रकार सम्मेलनमा बोल्दै गायक बिबेक श्रेष्ठले कन्दरा ब्याण्ड नयाँ पुस्तामाझ पनि उत्तिकै लोकप्रिय रहेको बताए । नयाँ पुस्तासँग साक्षत्कार गर्दा आफुहरुलाई प्रेरणा मिलेको अभिव्यक्ति उनको छ । गीत गाएर मात्रै पर्यटन प्रवद्र्धन हुँदैन भन्ने विषयमा आफुहरु पनि सचेत रहेको र यसलाई एक अभियानका रुपमा नै अगाडि लैजाने प्रणका साथ आएको उनले बताए । कन्दरा संगीतको सुरमा निरन्तर बग्न आएको र यसमा मिडियादेखि दर्शकको समेत साथ समर्थनको अपेक्षा गरिरहेको भनाई उनको छ ।

सन्तोष बस्याल
पोखरा ।

पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । जसअनुसार पौष २७ गते पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

‘पहिला घरदेश अनि परदेश’ नारासहित गीतसङ्गीतमार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ पोखरामा आयोजना गरिएको कन्दरा लाइभ कन्सर्टको तयारी पूरा भएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी गराए । पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा ब्याण्डको प्रस्तुती हुने उक्त कन्सर्टको सम्पूर्ण व्यवस्थापकिय जिम्मेबारी अल्फा स्क्वायर प्रालिले लिएको छ ।

घरदेश घुमौँ, पर्यटन प्रवद्र्धन गरौँ गुञ्जनसहित पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिने, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीतसङ्गीतको जगेर्ना गर्ने उद्धेश्यले कन्दरा साँगीतिक अभियान–२०८० तय भएको श्रेष्ठले बताए ।

उनका अनुसार गण्डकी प्रदेशको राजधानी सुन्दर पर्यटकीय सहर पोखराबाट कन्दरा साँगीतिक अभियान —२०८० पौष २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु गरी मुलुकका सातै प्रदेश र मुख्य सहरमा आयोजना गर्न लागिएको हो । कन्दरा ब्याण्ड र लाइभ कन्सर्टको व्यवस्थापक अल्फा स्क्वायर प्रा.लि.ले प्रदर्शनी केन्द्र पोखरामा पहिलो पटक सबैभन्दा ठूलो साइजको स्टेज बनाएको दाबी गरिएको छ ।

‘गीत मात्रै गाउने कार्यक्रम नभई पर्यटन प्रवद्र्धनका गतिविधिलाई समेत आत्मसात् गर्दै हामी अगाडि बढेका छौं’, उनले भने,‘कन्दरा लाइभ कन्सर्ट मार्फत आन्तरिक पर्यटक पोखरा भित्र्याउने लक्ष्य हाम्रो हो’ । पोखरामा हुने लाइभ कन्सर्टका लागि भिआइपी टिकट १ हजार रुपैयाँ र आम सर्वसाधारणका लागि ३ सय रुपैयाँ तोकिएको श्रेष्ठले उल्लेख गरे । कार्यक्रमलाई १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गायक बिबेक श्रेष्ठले कन्दरा ब्याण्ड नयाँ पुस्तामाझ पनि उत्तिकै लोकप्रिय रहेको बताए । नयाँ पुस्तासँग साक्षत्कार गर्दा आफुहरुलाई प्रेरणा मिलेको अभिव्यक्ति उनको छ । गीत गाएर मात्रै पर्यटन प्रवद्र्धन हुँदैन भन्ने विषयमा आफुहरु पनि सचेत रहेको र यसलाई एक अभियानका रुपमा नै अगाडि लैजाने प्रणका साथ आएको उनले बताए । कन्दरा संगीतको सुरमा निरन्तर बग्न आएको र यसमा मिडियादेखि दर्शकको समेत साथ समर्थनको अपेक्षा गरिरहेको भनाई उनको छ ।

कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत संगीत बजारमा पस्केको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ । अभियानको यो पहिलो र ठूलो कन्र्सट हो । कन्दराका विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले डेढ दर्जन गीतसङ्गीतलाई लाइभ प्रस्तुति दिनेछन् ।

पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाहरूको आवद्धता रहेको छाता सङ्गठन पोखरा पर्यटन परिषद् आयोजक र लायन्स क्वल अफ पोखरा सामिप्य सहआयोजक रहेको कन्दरा लाइभ कन्सर्टको सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको छ । कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास आयोजक संस्थाको छ ।

गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवद्र्धनमा हातेमालो गरेका छन् । स्टेज, साउण्ड सिस्टम र लाइटका लागि आइएसएस काठमाडौँले संयोजन गरेको छ । कन्सर्टको टिकेटिङमा आइएमइ पे, इन्टरनेटमा डिस होम फाइबर, फ्लाइटमा बुद्ध एयर पाटर्नर रहेका छन् । आइएमइ, डिस होम, चन्द्रागिरी हिल्स, मौलाकाली केबुलकार, बुटबल हिल्स लुम्बिनी केबुलकार, भाटभटेनी सुपरमार्केट, गो बञ्जी नेपालले कन्सर्टलाई साथ र समर्थन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.