सुचना, समाचार र मनोरन्जन

सरकारले यस वर्ष करको दायरा कति बनायो? हेर्नुहोस्

काठमाडौँ,

सरकारले सरकारले यस बर्ष करको दायरा उल्लेखनीय रूपमा बढाएको छ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा मात्रै ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको सङ्ख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । यो सङ्ख्या देशको कुल जनसंख्याको करिब २३ प्रतिशत हो । जसले आर्थिक गतिविधि क्रमशः औपचारिक प्रणालीमा आबद्ध हुँदै गएको सङ्केत गरेको छ ।

मन्त्रालयको तथ्याङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करदाता थपिने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यसवर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएका छन् ।

व्यक्तिगत प्यान लिनेको बर्चस्व

चालु आर्थिक वर्षको चैतसम्म थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । यो थपिएको कुल सङ्ख्याको करिब ८४ प्रतिशत हो ।

रोजगारीमा रहेका व्यक्तिहरू, परामर्शदाता र व्यक्तिगत आय भएका नागरिकहरूले व्यक्तिगत प्यान लिने गर्छन् । यसले रोजगारीको क्षेत्र र व्यक्तिगत आयमा औपचारिक रुपमा महत्त्वपूर्ण योगदान पुगेको देखाउँछ ।

त्यसैगरी व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या पनि उत्साहजनक रुपमा बढेको छ । यो अवधिमा ९१ हजार ७७३ नयाँ व्यावसायिक प्रतिष्ठान करको दायरामा आएका छन् । यसले नयाँ व्यवसाय दर्ता र उद्यमशीलतामा भइरहेको वृद्धिलाई सङ्केत गर्दछ ।

कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर भने १ हजार ८३९ थपिएको छ । हालसम्म कुल करदाता सङ्ख्या ६७ लाख ९९ हजार ८९५ मध्ये व्यक्तिगत प्यानको हिस्सा पनि ठुलो देखिएको छ । कुल ४७ लाख २७ हजार ७५४ जनाले व्यक्तिगत प्यान लिएका छन् । जुन कुल सङ्ख्याको ६९.५ प्रतिशत हो ।

त्यसैगरी, व्यावसायिक प्यान लिनेको सङ्ख्या २० लाख ३५ हजार ८७४ ९२९.९ प्रतिशत० पुगेको छ । कर कट्टी गर्ने निकायको सङ्ख्या भने ३५ हजार (६७ ९०.५ प्रतिशत) रहेको छ ।

स्थायी लेखा नम्बरका अतिरिक्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्यामा पनि विस्तार भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा १८ हजार ५६१ नयाँ करदाता भ्याटमा दर्ता भएका छन् । योसँगै भ्याटमा दर्ता हुने कुल करदाताको सङ्ख्या ३ लाख ४५ हजार १७८ पुगेको छ ।

त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या पनि बढेको छ । यस अवधिमा ६ हजार ८९६ नयाँ करदाता थपिँदा अन्तःशुल्कमा दर्ता हुनेको कुल सङ्ख्या १ लाख २४ हजार २६४ पुगेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाउँछ ।

करको दायरामा भएको यो विस्तारले सरकारको राजस्व सङ्कलनलाई दिगो बनाउन र अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ । –रातोपाटी

Leave A Reply

Your email address will not be published.