सुचना, समाचार र मनोरन्जन

विपिन र उपासना अभिनित ‘कर्मा’ ले दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङमा

काठमाडौं :

शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कर्मा’ले हाइप बनाउन सफल भएको छ। फिल्मको ट्रेलर,टाइटल गीतले युट्युबदेखि सामाजिक सञ्जालसम्म छाएका छन्। त्यसैले पनि होला यतिबेला फिल्मको ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन्।

‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित यो यो फिल्ममा लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको ‘पागल’ बोलको गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। गायक केसीकै शब्द तथा संगीत रहेको यो गीत युट्युबको म्युजिक सेक्सन अन्तर्गत २ नम्बर ट्रेन्डिङमा छ।

गत बिहीबार सार्वजनिक भएको ‘कर्मा’को ट्रेलर युट्युबको मुभी सेक्सनको ६ औं नम्बर ट्रेन्डिङमा छ। नेपालसहति विभिन्न देशको युट्युब ट्रेन्डिङमा परेको ट्रेलर हालसम्म ९ लाख ९६ हजार पटक हेरिएको छ। भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ। आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ। जसलाई छोटो समयमै दर्शकले अत्यधिक मन पराएका छन्।

आइतबार हिजो यसैबीच,अहिले सर्वाधिक चर्चामा रहेका गायक दुर्गेश थापाले गाएको ‘कर्मा’ बोलको टाइटल गीत युट्युब ट्रेन्डिङमा ट्रेन्ड गरिरहेको छ । आइतवार साझ सार्वजनिक गरिएको टाइटल गीत सार्वजनिक भएको पाँच घण्टामै ट्रेन्डिङमा पर्न सफल भएका भएका छन्। हाल यो टाइटल गीत म्युजिक सेक्सन अन्तर्गत १४ नम्बर ट्रेन्डिङमा छ। दुर्गेश स्वयंको शब्द तथा संगीत रहेको असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको यस गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ।

यसअघि सार्वजनिक भएको ट्रेलर र सुशान्तले गाएको गीतले दर्शक माझ राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप निर्माण गरेको छ। दुर्गेशले गाएको टाइटल गीत अहिलेसम्म ३ लाख १० हजार भन्दा बढी दर्शकले हेरेका छन् र भ्यूजको संख्यामा समेत गति बढिरहेको छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ।

वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी,उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ। फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘कर्मा’ नयाँ वर्ष अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

Leave A Reply

Your email address will not be published.