सुचना, समाचार र मनोरन्जन

फिल्म छायांकनमा नजाँदै ‘कर्मा’को प्रदर्शन मिति तोकियो,विपीन कार्की मुख्य भूमिकामा

काठमाडौं :

फिल्म ‘कर्मा’ले प्रदर्शन मिति तोकेको छ। अभिनेता विपीन कार्कीलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गराउदै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरिएको हो। शुक्रबार निर्माणपक्षले फिल्मको बारेमा जानकारी दिदै यो फिल्म आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने जनाएका छन्।

फिल्मको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले फिल्म उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ।‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्। निर्देशक चौधरीले यसअघि फिल्म ‘अगस्त्य ः च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए।

Chaka Panja

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस फिल्मको कथा पनि उनले नै लेखेका हुन्। फिल्म एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस फिल्ममा अभिनेता विपीनलाई एक्सन भूमिकामा देख्न पाइनेछ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन्। फिल्मको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ। अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए।

निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्य : च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.