सुचना, समाचार र मनोरन्जन

कर्णाली देशका २५ विद्यार्थीको सहभागितामा सकिया दोश्रो कर्णाली चलचित्र कार्यशाला

सुर्खेत :

‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा समापन भएको छ। आयोजकले कार्यक्रमको सोमबार बेलुका सम्पन्न भएको जानकारी दिएको छ ।

Gokarna Karki

कार्यक्रममा अन्तिम दिन लचित्र विकास बोर्डका अध्यक्ष एबम् अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित सहभागी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ। केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा सुरु भएको यो कार्यशाला २३ फागुनबाट सुरु भएर २८ फागुनसम्म सञ्चालन गरिएको थियो । आयोजकका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग लिएका थिए ।

बोर्ड अध्यक्ष भुवन केसीले भने,‘हरेक क्षेत्रमा हरेकले स्ट्रगल गर्छन र केही समयपछि उनीहरु अर्को क्षेत्रमा लाग्छन् । तर मैले अभिनयलाई अँगालेर चलचित्र क्षेत्रमा निरन्तर तपास्या गरेपछि आज यो स्थानमा पुगेको हुँ ।’

उनले आफ्ना भनई राख्दै अगाडि थपे,‘नेपाली खसभाषाको उद्गम थलो कर्णाली प्राकृतिक र संस्कृतिका हिसावले धनी प्रदेश हो । कर्णालीको कथामा बनेका क्याराभान, कालोपोथी सहित अन्य चलचित्रले अन्तराष्ट्रिय बजारमा नेपाललाई चिनाईसकेको छ ।’

यो चलचित्र कार्यशालामा सहभागी विधार्थीहरुले आउँदा दिनमा चलचित्र क्षेत्रमा राम्रो काम गर्ने विश्वास आफुले लिएको अध्यक्ष केसीले बताए ।
२०७९ सालमा आयोजना गरेको पहिलो कार्यशालाले यहाँका युवाहरुलाई चलचित्र क्षेत्रमा आकर्षित गरेपछि यसपटक उनीहरुलाई एडभान्स कोर्ष सौद्धान्तिक र प्रयोगात्मक रुपमा सिकाईएको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्काले समापन समारोहमा बताए ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ। यहाँको सुन्दरता र संस्कृतिलाई स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले दोश्रो पटक पनि यो कार्यशाला आयोजना गरेका हौं,’ खड्काले भने ।

यो कार्यशालामा चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशन, अभिनेत्री एवम् रंगकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धि प्रशिक्षण दिएका थिए । प्रयोगात्मक रुपमा भएको यो प्रशिक्षणमा उनीहरुलाई दृष्य छायाँकन र स्थलगत अभ्यास सहित सम्बन्धित कला सिकाईएको थियो ।

कार्यशालामा हरेक विधार्थीले अभिनय र एक्सन कटसँगै आफ्नै कथा दृष्यगत रुपमा भनेका थिए । प्रशिक्षणका क्रममा उनीहरुले आफ्नो फिल्मको चरित्रको श्रृंगार पनि आफैंले गरेका थिए । अन्तिम प्रोजेक्टको रुपमा उनीहरुले ‘नो स्मोकिङ प्जिल’ र ‘डिं«क प्लिज’ गरी दुईवटा सन्देश मुलक लघु चलचित्र निर्माण गरे। ती चलचित्रलाई कार्यशाला समापन समारोहमा प्रदर्शन गरियो।

यो कार्यशालाको स्थानीय संयोजक निर्मल प्याकुरेलले यसपटकको कार्यशाला कर्णालीका उदाउँदै गरेका युवा सिनेकर्मीहरुका लागि निकै फलदायी भएको बताए। उनीहरुको सिकेको प्रशिक्षणका रिजल्ट आफुहरुले चाँडै देख्न पाउने पनि उनले बताए। प्रशिक्षार्थीमध्यबाट झरना साउदले समापन समारोहमा प्रशिक्षणको अनुभव सुनाउँदै आफुहरुले सोचेको भन्दै धेरै नै कुरा यो कार्यशालामा सिक्न पाएको बताईन् ।

कार्यशालाको समापन समारोहमा दैलेखका अग्रज गायक मोहन गौतमलाई नेपाली लोक संगीत क्षेत्रमा चार दशक भन्दा लामो समय योगदान दिएको भन्दै केवी इन्टरटेनमेन्ट प्रा.लि.बाट बोर्ड अध्यक्ष भुवन केसीले सम्मान गरे ।

समारोहमा कर्णालीका अग्रज कलाकार प्रेमदेव गिरी, गँगा केसी, सम्मानित व्यक्तित्व मोहन गौतमलगायतले यो कार्यशालाले कर्णालीमा राम्रो चलचित्र, बृत्तचित्र अब निर्माण हुने विश्वास व्यक्त गरे । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको थियो ।

Leave A Reply

Your email address will not be published.