सुचना, समाचार र मनोरन्जन

‘द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं :

आगामी नयाँ वर्ष २०८१ को अवसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ । निर्माण टिमले ३० चैतमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) मंगलबार सार्वजनिक गरिएको छ । योे फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।

द रेड सुटकेसको फस्ट लुक्समा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन्। यस्तै सौगात मल्ल र विपिन कार्कीपनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाईएको छ। फस्ट लुक्समा कलाकारको चरित्रलाई अथार्थरुपमा देखाउन खोजिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।

द रेड सुटकेश गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रले फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड हाँसिल गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ।

चलचित्रको बारे निर्देशक फिडेलले यो चलचित्रबारे भने,‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरुको बर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं।’

श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन्। सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन्। अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई पनि ऐना झ्यालको पुतली जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् । यो चलचित्रलाई आरआर फिल्मसबाट रोहित–रत्नले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.