सुचना, समाचार र मनोरन्जन

वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश यथावत,जनजिवन प्रभावित

जनकपुरधाम :

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा कर्फ्यु आदेश यथावत रहेको जानकारी दिएको छ । सोमबार बेलुकी ५ बजेदेखि अनिश्चित कालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म राखिएको थियो।

प्रशासनले सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत रहेको जानकारी दिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार साढे ११ बजे सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु के गर्ने भन्नेबारे निर्णय लिने उनले बताए ।

केहि दिन अघि रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएको थियो । सोही प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको हो।

त्यसैलाई ध्यानमा राखी पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।

Leave A Reply

Your email address will not be published.