सुचना, समाचार र मनोरन्जन

काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हट्यो

काठमाडौँ,

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.