सुचना, समाचार र मनोरन्जन

कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिम्सिनालाई

काठमाडौँ/

निलम ढुङ्गाना तिम्सिनालाई अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.