सुचना, समाचार र मनोरन्जन

के घर के डेरा : घर नं २’को घरभेटी र डेरावालको खोजी

काठमाडौं :

दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’को सफलतापछि बनेको फिल्म ‘के घर के डेरा : घर नं २’मा को हो घरबेटी को डेरावाल उत्सुकता बनेको छ। जेठ २ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मले घर र डेरोबीचको कथामा रहेको छ। फरक बसाइले पारेको प्रभावको कथा भन्नेछ । घर र डेराका कारण समाजले जबरजस्त निर्धारण हुने सोसल स्टाटसको कथाव्यथाबारे बोल्नेछ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा ः घर नं २’ले भन्ने निर्देशक खनालले भने। घर र डेराको कथा भन्दा सिनेमामा को हो डेरावाल र को हो घरभेटी ? फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी,प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्। यी मध्ये फिल्ममा को घरभेटी र को डेरावाल हुन्?

पोस्टरमा सबैको उस्तैउस्तै लुक्स छ। तर, एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन्। टिजरले पनि खगेन्द्रलाई दुखी पात्र देखाएको छ। त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ। यदि, उनी डेरावाल हुन् भने घरभेटी आर्यन हुन् कि निश्चल यसबारे निर्देशकले केही जानकारी दिएका छैनन्।

निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन्। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो सिनेमा हो। यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।

Leave A Reply

Your email address will not be published.