काठमाडौं :
यो वर्ष सबैधन्दा धेरै दौडधुप कसलाई छ भन्यो भने अभिनेता केदार प्रसाद घिमिरे (माग्नेबुढा)लाई भन्दा फरक नपर्ला। किनभने उनी अभिनित फिल्म ‘माग्नेराजा’को गत भदौ ६ पछि उनलाई भ्याई नभ्याई नै छ। यो फिल्मको प्रचारप्रसारपछि उनको दसैंमा अर्को फिल्म ‘माइतीघर’रिलिज भयो। दसैंको फूलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आएको यो फिल्म तेस्रो हप्तामा प्रवेश गर्दैछ।
आजबाट तेस्रो हप्तामा प्रवेश गरेको हो। यो फिल्मको रिलिज भइरहँदा अर्को फिल्म ‘जेरीः अन टप’को प्रदर्शनको तयारीमा छ। यहीँ असोज ३१ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा पनि उनको दौधधुप रहनेछ। यसपछि भने उनको फिल्म तत्काल कुनै पनि छैन। सायद अब उनी केहि महिना आराम गर्छन् होला कि भन्ने हो। अमेरिकामा रहेका दीपकराज गिरी नेपाल फर्किएपछि अर्को फिल्मको तयारीमा लाग्ने चर्चा छ।