सुचना, समाचार र मनोरन्जन

यस्तो छ केकी अधिकारीको ‘बोक्सीको घर’

काठमाडौं :

अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा‘बोक्सीको घर’ को टिजर सार्वजनिक गरिएको छ। नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सिनेमाको टिजर रिलिज गरिएको हो ।

यो सिनेमा ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ। सामाजिक(थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

Pach Pandav

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना अभिनेत्री तथा निर्मात्री अधिकारीको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन्।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। टिफल्क फिल्मस्ले यो सिनेमालाई वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.