काठमाडौं :
दीपेन्द्र के खनालको निर्देशनमा ‘पशुपतिप्रसाद ३’ निर्माण हुने भएको छ। यस अघिको सिक्वेलको अपुरा र छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै निर्माण टिमले तेस्रो सिक्वेल बन्ने भएको हो। शुक्रबार निर्माताले फिल्म ‘पशुपतिप्रसाद ३’ बनाउने घोषणा गरेका हुन् । पत्रकार भेटघाटमा खगेन्द्र लामिछाने र दीपेन्द्र के खनालले यस्तो जानकारी दिएका हुन्।
खगेन्द्रकै निर्देशन र पटकथा रहने फिल्मलाई टुकी आर्ट्सको ब्यानरमा रोजिना सिटौलाले फिल्म निर्माण गर्न लागेको हो। तेस्रो श्रृंखला बनाउनेबारे जारी विज्ञप्तिमा भनिएको छ, ‘पशुपतिप्रसाद र पशुपतिप्रसाद २ हेरेपछि दर्शकले पशुपतिप्रसाद ३ कहिले आउँछ भनेर हामीलाई प्रश्न गर्नुभयो ।हामीलाई पनि लाग्यो ती फिल्ममा छाडिएका अपूरा कथा र छोडिएका पात्रको कथा हामीले पशुपतिप्रसाद ३ मा पूरा गर्नुपर्छ ।’
तेस्रो श्रृंखलामा खगेन्द्र र वर्षा सिवाकोटी दोहोरिने पत्रकार सम्मेलनमा जनाइएको छ । पहिलो भागबाटै पशुपतिप्रसाद पात्रको कथा टुंगिएकाले तेस्रो श्रृंखलामा दोहो¥याउन लागेको हो। यहि निर्माण टिमले निर्माण गरेको फिल्मको दोस्रो शृंखला ‘भष्मे डन’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ।