सुचना, समाचार र मनोरन्जन

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश

काठमाडौँ,

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ।

काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन् ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो ।

गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.