Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ
- सरकारप्रति महानायक राजेश हमालको कटाक्ष: ‘नेतृत्वमा परिपक्वता र दूरदृष्टि नहुँदा राष्ट्र संकटमा पर्न सक्छ’
- चलचित्र पत्रकारिताको स्तर सुधार्न पत्रकार संघको नयाँ जमर्को: फिचर लेखन प्रतियोगिताको पुरस्कार राशि २० हजारसम्म
- डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक
- छाया सेन्टरमा चिनियाँ चलचित्र महोत्सव :६ उत्कृष्ट फिल्म हेर्न ओइरिए १४ सय दर्शक
- कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
- स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
- रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
- कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
- ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो
व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’
तनहुँ,
जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीज्र गतिमा भइरहेको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।
आयोजना सम्पन्नपश्चात् चार सय परिवारका छ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने व्यास–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए । उनका अनुसार उक्त आयोजनाबाट वडाका करिब छ हजार जना प्रत्यक्ष लाभान्वित हुनेछन् । सङ्घ र प्रदेश सरकारबाट रु सात करोड ७८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आएको जनाउँदै आलेले सङ्घबाट क्रमागत बजेटअनुसार रु दुई करोड ५० लाख बजेट विनियोजन भइरहेको उल्लेख गरे ।
सोही वडाको ठिन र हर्कपुरको सिमानामा पर्ने सेतीनदी नजिकै रहेको गरजौदी मुहानको पानी पाँच सय मिटर उचाइमा लिफ्ट गरी रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिने वडाध्यक्ष आलेले बताए । “मुहानमा गर्नुपर्ने आवश्यक निर्माण सकिएको छ । लामो दूरी रहेकाले बीच भागमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर पानीमाथि लिफ्टिङ गरिनेछ”, उनले भने, “बीच भागमा निर्माण गरिने ट्याङ्कीबाट पानीमाथि लिफ्टिङ गरी एक लाख ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर घरघरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”
आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण सकिएको छ । विसं २०८४ सम्म सम्पन्न गर्नेगरी क्रमागत बजेटअनुसार निर्माण भइरहेको छ । योजना सम्पन्नपछि वडावासीलाई स्वच्छ खानेपानीका साथै करेसाबारीमा सिँचाइ गर्न सहज हुने व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।
उनले भने, “पछिल्लो समय यस वडा फलफूल र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ । सिँचाइको सहज सुविधा पुगेसँगै व्यावसायिक किसानको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।” वडामा पशुपालन र कृषि व्यवसायलाई थप प्रोत्साहन गर्दै युवालाई यसतर्फ आकर्षित गराउन आवश्यक सहयोग गर्ने बताउँदै उहाँले यसले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।