सुचना, समाचार र मनोरन्जन

समाजसेवी खुमा अर्यालले जन्मदिनको अवसरमा अशक्त असाहयलाई भोजनग्रहण तथा खाद्यान्न सहयोग गर्ने

बरिष्ठ उद्यमी, समाजसेवी, राजनीतिज्ञ एवम खुमा अर्याल फाउण्डेसनका संरक्षक, गण्डकी मेडिकल कलेजका अध्यक्ष  खुमा प्रसाद अर्यालले आफ्ने जन्मदिनको अवसरमा पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा रहेका वृद्धवृद्धाहरु तथा बालबालिका तथा अमोर बालगृह फेदीखोला–सकेयरी स्याङ्जामा आश्रीत बलबालिकाहरुलाई भोजन ग्रहण गराउने भएका छन।

गण्डकी मेडिकल कलेज, रोट्रयाक्ट क्लव अफ नक्साल शालिक, रोटरी क्लव अफ नक्साल काठमाडौँमा समेत आवद्ध रहेका अर्यालले यहीँ भदौ १८ गते आफ्नो ५४ औं जन्मदिनको अवसर पारी ९० जना भन्दा बढी असाहय तथा अशक्तहरुलाई भोजन गराउन लागेका हुन ।

अर्याल २०२८ साल भदौ १८ गते बुवा गंगा प्रसाद अर्याल र आमा खिना कुमारी अर्यालको कोखबाट भिरकोट–७ स्याङ्जामा भएको हो । हाल उनी गण्डकी मेडिकल कलेज, यूनिभर्सल मेडिकल कलेज भैरहवा, नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर, सञ्जिवनी इन्सिच्युट नेपालगञ्ज, कालिका एग्रो स्याङ्जा, लगायत अन्य पेसा व्यवसायमा संलग्न रहेका छन ।

Leave A Reply

Your email address will not be published.